×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघ ११ गतेदेखि छ्याङदी हाइड्रोपावरको ८ लाख ९३ हजार कित्ता हकप्रदमा आवेदन दिन पाईने, यी स्थानबाट भर्न सकिने

LAXMI SUNRISE BANK

माघ ११ गतेदेखि छ्याङदी हाइड्रोपावरको ८ लाख ९३ हजार कित्ता हकप्रदमा आवेदन दिन पाईने, यी स्थानबाट भर्न सकिने

५ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले माघ ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले  ३०% हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको जनाएको छ ।
उक्त हकप्रद सेयरका लागि यसले पुस २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । सो सेयरमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ भने ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा कार्यालयहरु बेंसीशहर, सुन्दर बजार, भोर्लेटार, सिउँडीबार, उदिपूर र दोर्दी शाखबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी