×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबारदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर खुल्दै, देशभरका यी स्थानबाट सजिलै आवेदन दिन सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शुक्रबारदेखि कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर खुल्दै, देशभरका यी स्थानबाट सजिलै आवेदन दिन सकिने

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले भोलि शुक्रबारदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
यसमा पुस २५ गतेसम्म कायम रहने सेयरधनीले माघ २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । सो हकप्रदमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंका साथै कर्पोरेटको रजिष्टर्ड कार्यालय तथा वीरगञ्ज, पर्सामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
यस्तै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत् अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस बैंकलाई केयरएनपी बी प्लस आइएस रेटिङ दिएको छ । जसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: