काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आज शुक्रबारदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
यसमा पुस २५ गतेसम्म कायम रहने सेयरधनीले माघ २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । सो हकप्रदमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंका साथै कर्पोरेटको रजिष्टर्ड कार्यालय तथा वीरगञ्ज, पर्सामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
यस्तै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत् अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस बैंकलाई केयरएनपी बी प्लस आइएस रेटिङ दिएको छ । जसले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्