काठमाडौं । डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टिभी शुभारम्भ गरेका हुन् ।
डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले सर्ट टिभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक हो भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने बताए । उनले यसबाट नेपाली कलाकार अभिनित सर्ट मुभीसमेत विश्वभर पुग्नसक्ने बाटो खुलेको बताए ।
पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्ल्याटफर्मबाट आफ्ना दर्शकलाई खुसी पार्न लागेको हो । डिशहोमको च्यानल नं. ९२८ मा सर्ट मुभी हेर्न सकिने छ । यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि इण्डियन, टर्किस, इरानियन, ब्रिटिश, अमेरिकन सर्ट मुभी हेर्न सकिने छ ।
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्ट मुभीले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्ट मुभी पुर्याउनसमेत सहयोग पुग्ने हामीले आशा लिएका छौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्