×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३८.११% ले बढ्यो फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
SHREE KESH

३८.११% ले बढ्यो फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा, प्रतिसेयर आम्दानीसहित अन्य सूचकको अवस्था कस्तो ?

५ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले ३८.११% ले खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
गत वर्ष ७ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको यसले यो त्रैमासमा बढाएर १० करोड ४४ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । कम्पनीका अनुसार खुद ब्याज आम्दानी ५०.४% र सञ्चालन नाफा ४५.११% ले बढेको हो ।
पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा १५ करोड २४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसाले बढेर २१ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: