काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार १३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९ रुपैयाँ कायम गरेको छ ।