×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK

शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

७ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ४ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३६ रुपैयाँ कायम गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी