काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।