काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आईतबार ९२ हजार २ सय सयमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।