×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोर्खाज फाइनान्सको खुद नाफामा ७४.८५% को गिरावट, प्रतिसेयर आम्दानीसहित अन्य सूचक पनि घटे (विवरणसहित)

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गोर्खाज फाइनान्सको खुद नाफा ७४.८५% ले घटेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ७४.८५% ले घटेर १ करोड ६५ लाख ७० हजार रुपैयाँमा सीमित भएको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी ५४.९२% ले घटेर ६ करोड १९ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा ८७.०३% ले घटेर ३ करोड १५ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा ३.७५% ले बढेर ८.१७% पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७९ पैसाले घटेर ४ रुपैयाँ ४६ पैसामा सीमित भएको छ ।कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: