कैलाली । धनगढीमा धमाधम फर्जी कागजका आधारमा नागरिकता वितरण भईरहेको खुलासा भएपछि यस विषयमा छानविन सुरु भएको छ । फर्जी नागरिकतासहितको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वडा नम्बर १४ का अध्यक्ष रामबजारी थारु, वडा नम्बर १८ का अध्यक्ष मुरारी चौधरी, दुवै वडाका वडा सचिव, झुठो विवरण पेश गर्ने नक्कली बुवा तुल्सिराम पौडेल, आमा यमकला पौडेललाई कार्यालयमै बोलाएर छानबिन सूरु गरेको हो ।
उक्त घटनामा संलग्न भनिएकाहरुलाई कार्यालयमै बोलाएर छानबिन सूरु गरेको कार्यालयका सुचना अधिकारी शिवराज जोशीले बताए । प्रारम्भिक अनुसन्धानमा प्रक्रियागत त्रृटी भएको देखिएको बताउँदै उनले आवस्यक छानबिन प्रश्चात कानुन सम्बत कारवाही गर्ने बताएका छन् ।
हामीले यस विषयमा सरकारी वकिलसँग पनि सल्लाह गरिसकेका छौँ, यहाँ समाधान हुन नसके यो विषय प्रहरीकोे जिम्मा लगाउँछौँ उनले भने, छानबिन अनुसार नागरिकता र प्रक्रिया नठहरिएमा बदर गर्दै ऐनसम्बद आवश्यक कारबाही अगाडी बढाउछौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्