×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘क्रस होल्डिङ’ भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको कार्ययोजना पेश गर्न नेपाल राष्ट्र बैंकको निर्देशन !

PRIME CA
GLOBAL IME BANK

‘क्रस होल्डिङ’ भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको कार्ययोजना पेश गर्न नेपाल राष्ट्र बैंकको निर्देशन !

१९ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरको लागि कार्ययोजना पेश गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । अब दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जानको लागि राष्ट्र बैंकमा कार्ययोजना पेश गर्नुपर्नेछ ।
‘इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरु वीच एक आपसमा र/वा इजाजतपत्र प्राप्त एक भन्दा बढी “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा वढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ ।’ निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (cross holding) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गरिने उल्लेख गरेको थियो । सोहिको कार्यन्वयनको लागि राष्ट्र बैंकले आज सर्कुलर जारी गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: