×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्स्योरेन्स कर्पोरेसनको वार्षिक साधारणसभा फागुन ११ गते हुने, २१.०५% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने !

PRIME CA

लाइफ इन्स्योरेन्स कर्पोरेसनको वार्षिक साधारणसभा फागुन ११ गते हुने, २१.०५% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने !

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको वार्षिक साधारणसभा फागुन ११ गते हुने भएको छ । कम्पनीले २१.०५% लाभांश प्रस्तावसहित एलआइसी शिक्षलय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सभा बोलाएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २०% बोनस सेयर र कर तिर्न १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुने कम्पनीले जनाएको छ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ ।
यस्तै १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि सभामा रहेको छ । सभाका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गर्ने भएको छ । माघ २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: