×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३४.३१% ले बढ्यो लुम्बिनी विकास बैंकको खुद नाफा, वितरणयोग्य नाफा २४ करोड ९४ लाख रुपैयाँ (विवरणसहित)

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा लुम्बिनी विकास बैंकको नाफा ३४.३१% ले बढेको छ । बैंकले खुद नाफा ३४.३१% बढेर ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष यसैअवधिमा यसले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी ३५.३३% ले बढेर ७२ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४१.५८% ले बढेर ५१ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
यस्तै बैंकको वितरणयोग्य नाफा २४ करोड ९४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४ पैसाले बढेर २१ रुपैयाँ ४२ पैसा (बार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ६८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: