काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिनुभएको छ । आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिनुभएको हो । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली , गुहेश्वरी लगाएतका क्षेत्रमा पुग्नुभएको थियो । सो क्रममा उहाले पशुपति क्षेत्र भित्र निकै बिकृति देखिएको बताउनुभयो ।
पशुपति बिकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अव यसलाई सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पशुपतिमा फूल, रुद्राक्ष बिक्रिका लागि छुट्टै स्थान बनाएपनि धर्मालम्वीलाई अप्ठेरो हुनेगरि सडकमा नै फूलमाला बिक्रि गरिएको पाइएकोले यसलाई पनि व्यवस्थीत गरिने बताउनुभयो । उहाँले पशुपति क्षेत्रमा निशुल्क गाई पालनका लागि स्थान दिइएको प्रतिपनि आपत्ती जनाउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्