Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकद्धारा १ लाख २१ हजार ४५९ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला, ३५ दिन भित्र आवेदन दिसक्नुपर्ने

अर्थ सरोकार

काठमाडौं । मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख २१ हजार ४५९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

यसमा मेगा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । जसमा बैंकले रविन ढकालको नाममा रहेको १२ हजार ८२० कित्ता, मन्दीरा शाहको नाममा रहेको ९५ हजार ८१९ कित्ता, र याला एडभेन्चर प्रालीको नाममा रहेको १२ हजार ८२० कित्ता सेयर बिक्री गर्न लागेको हो । तर यसमा बिक्री गर्ने मूल्य भने खुलाइएको छैन ।

यस्तै सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र आवेदन दिनुपर्नेछ । इच्छुक संस्थापकले बैंकको केन्द्रीय कार्यालय राइजिङ मल, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK