Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आकर्षक प्रगति, खुद नाफा ६१.८७% प्रतिशतले वृद्धि हुँदा प्रतिसेयर नेटवर्थ कति ?(विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६१.८७% ले खुद नाफा वृद्धि गरेको छ ।

पुस मसान्तसम्म १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष यसले ७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा क्रमशः ५८.७१% र ६१.८७% ले सुधार भएपछि खुद नाफा पनि बढेको छ । रिजर्भ कोषमा पनि ११८.२३% थपिएपछि ४४ करोड ८४ लाख रुपैयाँ भन्दा माथि पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ छ । हाल यसको प्रतिसेयर आम्दानी वार्षिक ५५ रुपैयाँ ९१ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK