काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । बैंकले आज बुधबारदेखि सो सेयर बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ६५० रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको जनाएको छ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले सो सेयरमा आवेदन दिन सक्नेछन् ।
यसमा माघ १८ गतेभित्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ, नक्साल काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्