Skip to content
LAXMI SUNRISE BANK

नाडेप लघुवित्त वित्तीय संस्थाको २०% बोनस सेयरमा मूल्य समायोजन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

अर्थ सरोकार

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको २०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ ८६५ रुपैयाँ ८३ पैसा तोकेको छ ।

यस्तै कम्पनीको वार्षिक साधारणसभा माघ १४ गते बस्ने भएको छ । सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र कर प्रयोजनसहित १.०५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।

यसर्थ, कम्पनीले ८ करोड ९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ४२ लाख ६१ हजार रुपैयाँ नगद बाँड्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK