काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ८१ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको भन्दा १३.८२% थोरै हो । गत वर्ष बैंकले ९४ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा बैंकको खुद ब्याज २.१७% ले बढेर १ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । यस्तै बैंकको सञ्चालन नाफा भने २१.३३% ले घटेर १ अर्ब ५ करोड ३३ लाख रुपैयाँमा झरेको छ । पुस असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
हाल यसको चुक्ता पूँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ५ अर्ब २७ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ १८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्