×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकको २८औं वार्षिक साधारणसभा मंगलबार, लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसबीआई बैंकको २८औं वार्षिक साधारणसभा मंगलबार, लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने ! (विवरणसहित)

Artha Sarokar

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : नेपाल एसबीआई बैंक
इभेन्ट : साधारणसभा
हुने मिति : पुस २० गते, मंगलबार
विवरण :
बैंकको २८ औं वार्षिक साधारण सभा मंगलबार पुस २० गते बस्ने भएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गतेबाट २० गतेसम्म बुक क्लोज गरेको छ । पुस ६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 
पेस गर्ने प्रस्तावहरु :
गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५०% बोनस सेयर र १.८१% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुने ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गरिने ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने ।
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरिने । 
एजिएम हुने स्थान र समय :
बैंकको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी