काठमाडौँ । सामाजिक सुरक्षाभत्ता वितरणका लागि लगिएको रकम हिनामिना गरेको अभियोगमा नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का वडा सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रले ५३ लाख एक हजार आठ सय ५६ रुपैयाँ अपचलन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गत चैत २४ मा रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र संकलित राजस्व रकम हराएको थियो । त्यसरी शंकास्पद रुपमा हराएपछि आयोगले अनुसन्धान गरी हिनामिना भएको ठहर गरेको हो । अख्तियारका अनुसार, उक्त रकम राखिएको दराजको सेफको साचो सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको साचो निलप्रसाद मिश्रले बोकेका थिए ।
तर, ताल्चा लगाएको ठाउँमा कुनै तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाका लागि समन्वयसमेत गरेको देखिएन । वडा कार्यालयमा रकम राखी घर गएको देखिएको हुँदा राउत, गिरी र मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेको अभियोग आयोगले लगाएको हो । तीनै जनाबाट उक्त रकम असुल हुनुपर्ने माग आयोगको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्