×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोना कहरमै जनताको ढाड सेक्दै निगम, पटक-पटकको बढोत्तरीपछि पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुग्यो (भिडियो)

काठमाडौँ । कोरोना कहरकाबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सर्वसाधारण थप मारमा परेका छन् । निगमले बिहिबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको असर अन्य बस्तुमा पनि देखिने भन्दै सर्वसाधारणहरु चिन्तित भएका छन् । काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि दैनिक जिवनयापनमा पनि यसको असर देखिने उपभोक्ताहरुको भनाई छ । उनीहरुले निरन्तर हुने पेट्रोलियम पदार्थको मूल्यबृद्धिको बिकल्प खोज्नुपर्ने बताएका छन् । निगमनले भने अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएकाले नेपालमा पनि वृद्धि गरिएको जनाएको छ । निगमले चालू आर्थिक वर्षमै ३ पटक मूल्यवृद्धि गरेको छ भने मूल्यवृद्धि पछि भने घाटा भने भइरहने जनाएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: