×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘तालिबानले आफ्ना वित्तीय स्रोतहरू फिर्ता चाहन्छन् भने वाचाहरू पूरा गर्नुपर्छ’ : राष्ट्रसंघ

काबुल । संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको उच्चायुक्त फिलिपो ग्रान्डीले तालिबानले आफ्नो आर्थिक स्रोतहरू फिर्ता गर्न चाहेको खण्डमा केही वाचा पूरा गर्नुपर्ने बताएका छन् ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघ आयुक्तले अफगान महिला र केटीहरूलाई विद्यालयमा जान अनुमति दिनुपर्ने र अल्पसंख्यकहरूको प्रतिनिधित्व हुनुपर्ने, टोलो न्यूजले रिपोर्ट गरेको छ ।

यसैबीच, उनले वाशिंगटन पोस्टलाई इस्लामिक इमिरेट्ससँग वार्ता जारी राख्नु महत्त्वपूर्ण रहेको र यसले अफगानिस्तान व्यवहारका कुरा सुनिश्चित गर्ने पनि टोलो न्यूजले जनाएको छ ।

ग्रान्डीले इस्लामिक इमिरेट्सलाई आफ्नो आर्थिक स्रोतहरू स्थिर हुन चाहन्छ भने केही वाचाहरू पूरा गर्नुपर्ने दोहोर्याएका हुन्। अगस्तको मध्यमा तालिबानले कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानको करिब १० अर्ब डलरको सम्पत्ति रोक्का गरेको र इस्लामिक इमिरेट्समाथि प्रतिबन्ध लगाएको थियो।

यस बीचमा, अफगानिस्तानलाई विदेशी सहायताको रोकले अफगानिस्तानको पहिल्यै कमजोर आर्थिक प्रणालीलाई असहाय बनाएको र लाखौं मानिसहरूको जीवनमा प्रतिकूल असर पारेको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: