×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ११५.९१% को आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी बढेर ४७ रुपैयाँ १८ पैसा पुग्यो

GLOBAL IME BANK
SHREE KESH

साधना लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ११५.९१% को आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी बढेर ४७ रुपैयाँ १८ पैसा पुग्यो

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा साधना लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ११५.९१% को आकर्षक वृद्धि भएको छ । कम्पनीले खुद नाफा ११५.९१% ले बढाएर ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ कमाएको जनाएको हो ।  अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनीले ३ करोड ५० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आउँदा खुद ब्याज आम्दानी ६१.४६% ले बढेर १४ करोड ८८ लाख ५० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०९.४४% ले बढेर १० करोड ४१ लाख ५६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९५ पैसाले बढेर ४७ रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: