×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा पुस ३० गते, लगानीकर्ताहरुको हात भने खाली !

GLOBAL IME BANK
SHREE KESH

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा पुस ३० गते, लगानीकर्ताहरुको हात भने खाली !

२० पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । कम्पनीको सभा स्मार्ट क्याफे एन्ड बैंक्वेट्स, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि पनि छलफल हुने कम्पनीले जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । यता कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभाका लागि कम्पनीले सोमबार (पुस १९ गते) बुक क्लोज गरेको छ । पुस १८ गतेसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: