×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंक ३ करोड २५ लाख रुपैयाँ नोक्सानमा, प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९ पैसाले ऋणात्मक (विवरणसहित)

PRIME CA

सप्तकोशी डेभलपमेन्ट बैंक ३ करोड २५ लाख रुपैयाँ नोक्सानमा, प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९ पैसाले ऋणात्मक (विवरणसहित)

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले ३ करोड २५ लाख रुपैयाँ नोक्सानमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा सो नोक्सानमा रहेको जनाएको हो । गत वर्ष बैंकले ८० लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता पुस मसान्त आउँदा बैंकले खुद ब्याज आम्दानी भने १२.१०% ले बढाएर ११ करोड १२ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यसले ९ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंक ३ करोड ४५ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । गत वर्ष यो १ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफामा रहेको थियो ।
बैंकको रिजर्भ कोषमा ११ करोड रुपैयाँ रहेको छ  भने खराब कर्जा पनि ४.८४% बाट बढेर ५.२५% भएको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: