Skip to content
LAXMI SUNRISE BANK

दोस्रो बजारमा मूल्य प्रभावित हुने गरी नबोल्न स्वतन्त्र पूँजीबजार सुधार संघले बीमा समितिका अध्यक्ष सिलवाललाई गर्यो आग्रह !

अर्थ सरोकार

काठमाडौँ । स्वतन्त्र पूँजीबजार सुधार संघले बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालाई बीमा कम्पनीको दोस्रो बजारमा मूल्य प्रभावित हुने गरी जथाभावी नबोल्न आग्रह गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालाई बीमा कम्पनीको दोस्रो बजारमा मूल्य प्रभावित हुने गरी जथाभावी नबोल्न आग्रह गरेको हो ।

‘समितिको जिम्मेवार व्यक्तिले बीमा कम्पनीको विषयमा बोल्दा दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता मारमा परेको र नियामक निकाय बीमा समितिको जिम्मेवार पदमा बसेका अध्यक्ष र सबै कर्मचारीलाई पदिय मर्यादा बाहिर गएर भ्रामक र तथ्यहिन कुराहरु नबोल्न सचेत गराउँदछौँ’ विज्ञप्तिमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK