×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा सिटामोल अभाव हट्दै (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काठमाडौंमा सिटामोल अभाव हट्दै (भिडियो रिपोर्ट)

१२ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौंमा सिटामोल अभाव हट्दै गएको छ । मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा बिभिन्न औषधी पसलहरुमा सिटामोल अभाव नभएको पाइएको हो । अनुगमनका क्रममा औषधी बिक्रेताहरुले पछिल्लो समय सिटामोल प्रयाप्त रुपमा आउन थालेको जानकारी दिएका थिए भने अनुगमन अधिकारीहरुले औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
अनुगमन टोलीले काठमाडौंको त्रिपुरेश्वर बानेश्वरलगाएतका क्षेत्रका औषधी पसलमा अनुगमन गरेको र सिटामोलको अभाव नदेखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो । त्यस्तै अनमनगरको भाटभटेनिमा बच्चालाई दुध खुवाउने बट्टामा रिलेवलीङ गरेको गुनासोको आधारमा अनुगमन गर्दा सात वटा बोटलामा रिलेवलीङ गरेको पाइएको र जाँचका लागि बाणिज्यमा पठाइएको उहाले बताउनुभयो । उहाँले कोरोना नियन्त्रणका लागि लागू गरेको मापदण्डको निरन्तर अनुगमन हुने जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: