Skip to content
LAXMI SUNRISE BANK

एकैदिन १० हजार बढीमा कोरोना देखिएपछि उपत्यकामा स्मार्ट लकडाउन, प्रशासनले जारी गर्यो कडा निर्देशन (पूर्ण पाठसहित)

अर्थ सरोकार

काठमाडौं ।आजदेखि काठमाडौँ  उपत्यका भित्र सार्वजनिक गाडीमा चढ्न मास्क अनिवार्य गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका अनुसार सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन् । सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ ।
यस्तै प्रशासनले माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनै पर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढी नहुने गरी खोप लगाएकाहरुलाई मात्रै उपस्थित गराउने उल्लेख छ । डान्सबार, सिनेमा हल, रोधीघर, फुटसल, पटके हाटबजार लगायत मानिस भिडभाड हुने क्षेत्र पनि माघ १५ गतेसम्म बन्द गर्ने आदेशमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK