×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफामा पनि ४९.३५% को प्रगति, प्रतिसेयर आम्दानीसहित अन्य सूचकहरुको अवस्था कस्तो छ ?

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सो नाफा कमाएको हो । बैंकको यो नाफा गत वर्षको भन्दा ४९.३५% धेरै हो । गत वर्ष बैंकले ७२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४३.९०% र ४८.६९% ले बढेको छ । गत वर्ष १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो अवधिसम्म आउँदा बढाएर १ अर्ब ६५ करोड १३ लाख रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन नाफा पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७५ करोड ४६ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ०५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ २८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: