काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३.३३ अंकले घटेर २७७९.९८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेशनल लाइफ इन्स्योरेन्स को भएको छ । यस कम्पनीको २० करोड ०२ लाख ६९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहिबारको सेयर बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । सप्तकोशीको सेयरमा यस्तो गिरावट आउँदा युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावर कम्पनी, नबिल इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार नेशनल लाइफ इन्स्योरेन्स को भएको छ । यस कम्पनीको २० करोड ०२ लाख ६९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, अपि पावर कम्पनी, शिखर इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, शिभमे सिमेन्ट, हाईड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर, सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा पनि विन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अजोड इन्स्योरेन्स, एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, पोखरा फाइनान्स, नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्