×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजिट भिसाको दूरुपयोग प्रवृति बढ्यो, कडा निगरानी राख्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भिजिट भिसाको दूरुपयोग प्रवृति बढ्यो, कडा निगरानी राख्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन (भिडियो)

१२ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गर्नु भएको छ । गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको दूरुपयोग नगर्न आग्रह गर्नु भएको हो । त्यस अवसरमा उहाँले भिजिट भिसामा गएर त्यसको दूरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिनु भयो । गृहमन्त्री खाँणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराउनु भयो ।
उहाँले बैदेशिक रोजगारीमा गएकाहरु ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्दारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताउनु भयो । गृहमन्त्री खाँणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भिर रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘भिजिट भिसामा गएकाहरुले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले । त्यो पनि समस्या छ । अर्को कामका लागि गएका तर काम नपाएकाहरुको पनि समस्या छ । यस विषयमा श्रममन्त्रीले मन्त्रीपरिषदमा कुरा राख्नु भएको छ । त्यतापट्टी यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भिर छ । भिजिट भिसालाई अन्य प्रयोजनमा दूरुपयोग नगरुन् त्यतापट्टी नै हाम्रो सजगता हो । त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो । यसमा नेपाल सरकार गृह मन्त्रालय लागि परेको छ । पहिलो त हाम्रो अन्तराष्ट्रिय विमानस्थल एउटा मात्रै छ । त्यो हामी सबैका लागि गेटवे पनि हो । प्रतिष्ठाको विषय पनि हो । त्यसकारण यो एयरपोर्टबाट बाहिर जाने र भित्र आउनेहरुलाई सहजहोस् भन्ने हामी सबैको प्रयत्न हो । विभिन्न मन्त्रालयसँग आवद्ध र विभिन्न विभागका राष्ट्र सेवकहरुसँग यो विषयलाई व्यवस्थित बनाउन आवश्यक समन्वयहोस् भन्ने हाम्रो मूल मनसाय हो । श्रम स्विकृति लिएर जानेहरुका लागि पनि सहज वातावरण बनाउने काम हामी सबैको हो ।’
बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि बिचौलियाहरुले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाँणसँग आग्रह गर्नु भयो । उहाँले यूएईमा घरेलु कामदार महिलाहरुको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले भन्नु भयो, ‘घरेलु कामदार महिलाहरुको ठूलो समस्या छ । त्यसैगरी व्यक्तिगत श्रम स्विकृति लिएर गएका नेपालीहरुको पनि ठूलो पीडा छ । ती समस्या समाधानका लागि गृह मन्त्रालयले छुट्टै प्रहरी युनिट परिचालन गर्नुपर्ने अवस्था छ ।’
श्रममन्त्री श्रेष्ठले श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा पीडा भोगीरहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था नरहेको पनि बैठकमा पटकपटक दोहो¥याउनु भयो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: