×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्त वित्तीय संस्थाद्वारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक : कस्तो छ वित्तीय अवस्था ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वोमी लघुवित्त वित्तीय संस्थाद्वारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक : कस्तो छ वित्तीय अवस्था ?

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले खुद नाफा ६५.०८% ले बढेर ८ करोड ७७ लाख ९ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ५ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद नाफासंगै खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ७७.४९% ले बढेर २० करोड ७४ लाख २४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६१.९४% ले बढेर १३ करोड ६५ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०७ पैसाले बढेर ३५ रुपैयाँ ४९ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: