×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा ३ करोड १४ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन पर्यो, कहिलेसम्म भर्ने ?

PRIME CA

बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा ३ करोड १४ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन पर्यो, कहिलेसम्म भर्ने ?

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा हालसम्म ३ करोड १४ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसले सोमबार बिहान १० बजेसम्ममा १७ सय ९५ जनाले ३ लाख १४ हजार ७४० कित्ताका लागि आवेदन दिएको जनाएको हो ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का ५७३ जना स्थानीयले १ लाख ३६ हजार ४६० कित्ता र प्रसारण लाइन प्रभावित स्थानका १२ सय २२ जनाले १ लाख ७८ हजार २८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा फागुन १२ गतेसम्म र ढीलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: