×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा बुटवल पावर कम्पनीको नाफामा ३१.१२% को बढोत्तरी, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५९ पैसा (विवरणसहित)

PRIME CA

दोस्रो त्रैमासमा बुटवल पावर कम्पनीको नाफामा ३१.१२% को बढोत्तरी, प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५९ पैसा (विवरणसहित)

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बुटवल पावर कम्पनीको नाफा ३१.१२% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३१.१२% ले बढेर १८ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी पनि बढेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी ८.४०% ले बढेर ४२ करोड ३१ लाख २२ हजार रुपैयाँ पुगेको छ भने गत वर्ष १ करोड ६३ लाख ९५ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ करोड ६७ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ९० पैसाले बढेर ५ रुपैयाँ ५९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ४३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: