×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२६ वाणिज्य बैंकले कर्मचारीका लागि छुट्याए ५ अर्ब बोनस, सबैभन्दा धेरै ग्लोबलले दिँदा सिभिलले सबैभन्दा कम बाड्ने

अर्थ सरोकार

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार

PRIME CA

२६ वाणिज्य बैंकले कर्मचारीका लागि छुट्याए ५ अर्ब बोनस, सबैभन्दा धेरै ग्लोबलले दिँदा सिभिलले सबैभन्दा कम बाड्ने

काठमाडौँ । संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये २६ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीहरुका लागि ५ अर्ब २५ करोड बढी बोनसको लागि रकम छुट्याएका छन् । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २६ वटा वाणिज्य बैंकले ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ रकम बोनसको लागि छुट्याएका हुन् । यद्यपी हिमालयन बैंककोतथ्यांक भने यहाँ समावेश गरिएको छैन ।
सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले छुट्यायो
ग्लोबल आइएमई बैंकले आफ्ना कर्मचारीहरुका लागि सबैभन्दा बढी बोनस रकम छुट्याएको छ ।  चालु आवको ६ महिनामा बैंकले ४० करोड ८८ लाख ८७ हजार रुपैयाँ छुटयाएको छ । एनआईसी एशिया बैंक दोस्रो नम्बरमा परेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा कर्मचारीको बोनसका लागि ३८ करोड १२ लाख ८० हजार रुपैयाँ छुट्याएको छ ।
नबिल बैंक
नबिल बैंकले आफ्ना कर्मचारीहरुका लागि ३४ करोड ६३ लाख २ हजार रुपैयाँ छुट्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले ३० करोड ४६ लाख ८३ हजार रुपैयाँ कर्मचारीको बोनसका लागि छुट्याएको छ ।
एनएमबि बैंक
यस बैंकले २६ करोड ९३ लाख ७७ हजार छुट्याएको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले २६ करोड ७७ लाख ५० हजार छुट्याएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले २५ करोड ७८ लाख २९ हजार रुपैयाँ छुट्याएको छ ।
सिद्धार्थ बैंक
यस बैंकले २५ करोड २४ लाख ४ हजार रुपैयाँ छुट्याएको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले २३ करोड १९ लाख १ हजार रुपैयाँ छुट्याएको छ ।
मेगा बैंक
मेगा बैंकको २२ करोड २५ लाख ७२ हजार रुपैयाँ छुट्याएको छ ।
प्रभु बैंक
प्रभु बैंकले २० करोड ४५ लाख ८४ हजार रुपैयाँ छुट्याएको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले १९ करोड ५१ लाख ९६ हजार रुपैयाँ छुट्याएको छ ।
नेपाल बैंक
नेपाल बैंकले १८ करोड ७३ लाख २८ हजार रुपैयाँ छुट्याएको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंक
स्टयान्डर्ड चार्टर्ड बैंकले १७ करोड २५ लाख ३ हजार रुपैयाँ छुट्याएको छ ।
सानिमा बैंक
सानिमा बैंकले १६ करोड ८१ लाख ३६ हजार रुपैयाँ छुट्याएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रेले १६ करोड ४ लाख ४९ हजार रुपैयाँ छुट्याएको छ ।
कुमारी बैंक
कुमारी बैंकले १५ करोड २६ लाख २९ हजार रुपैयाँ छुटाएको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले १४ करोड ७ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले १३ करोड ३१ लाख ६२ हजार रुपैयाँ छुट्याएको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले १२ करोड ५८ लाख ५ हजार रुपैयाँ छुट्याएको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले १२ करोड ४२ लाख ५१ हजार रकम छुट्याएको छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले ११ करोड ८७ लाख ९५ हजार रुपैयाँ छुट्याएको छ ।
सनराइज बैंक
सनराइज बैंकले ११ करोड ८३ लाख ७८ हजार रुपैयाँ छुट्याएको छ ।
सेञ्चुरी बैंक
यसले ११ करोड ४६ लाख २९ हजार रुपैयाँ छुट्याएको छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले कर्मचारीको बोनसका लागि ११ करोड ८ लाख ४१ हजार रुपैयाँ छुट्याएको छ ।
सिभिल बैंकको सबैभन्दा कम
सिभिल बैंकले बोनसका लागि सबैभन्दा कम रकम छुट्याएको छ । बैंकले सबैभन्दा कम ८ करोड १३ लाख ५९ हजार रुपैयाँ छुट्याएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: