काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले १५ लाख ५६ हजार नोक्सानमा रहेको वित्तीय विवरण प्रकाशित गरेको हो । गत वर्ष यसै अवधिमा कम्पनी १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा थियो ।
यस्तै पुस मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी भने २०.२८% ले बढाएर ५ करोड ४ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट ४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने पुस मसान्त सम्ममा जगेडा कोष २० करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी पनि ५९ पैसा ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ १६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्