×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सको बिमा कोषको आकार ९९.४७ प्रतिशतले बढ्यो, बिमा शुल्क आर्जन १३ करोड ५० लाख ७ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जनरल इन्स्योरेन्सको बिमा कोषको आकार ९९.४७ प्रतिशतले बढ्यो, बिमा शुल्क आर्जन १३ करोड ५० लाख ७ हजार रुपैयाँ

Artha Sarokar

२४ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जनरल इन्स्योरेन्सको खुद नाफा ५६.२०% ले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै  खुद नाफा ५६.२०% ले बढेर ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको जनाएको हो ।अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको बिमा कोषको आकार ९९.४७% ले बढेर १३ करोड ३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ६ करोड ६२ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
यस्तै खुद बिमा शुल्क आर्जन १२.७५% ले बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १० पैसाले बढेर ११ रुपैयाँ ३८ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी