काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आईतबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।