काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।