×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एचआइडीसीएलको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्ष भन्दा ५.९१% धेरै हो । गत वर्ष यस कम्पनीले ४२ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस कम्पनीले जलविद्युत आयोजनाहरुमा १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बण्डमा पनि लगानी गरेको छ । यस्तै ४ अर्ब ८१ करोड रुपैयाँ जलविद्युत कम्पनी निमार्ण गर्न कर्जा लगानी गरिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १८ अर्ब ७० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । पुससम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ४ रुपैयाँ ८५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ पनि १०६ रुपैयाँ ०३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: