×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआइडीसीएलको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर फागुन १ गतेदेखि पुनः लिलामीमा, प्रतिकिता मूल्य कति ?

LAXMI SUNRISE BANK

एचआइडीसीएलको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर फागुन १ गतेदेखि पुनः लिलामीमा, प्रतिकिता मूल्य कति ?

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले फागुन १ गतेदेखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर पुन: बिक्री गर्ने भएको छ ।  यसअघि लिलामी गर्दा बिक्री नभएको उक्त सेयरमा अब सर्वसाधारण व्यक्ति तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् ।
यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ भने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । तसर्थ, लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताहरुले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंबाट लिलामी भर्न सक्नेछन् भने ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ र पोखरा शाखाबाट आवेदन दिन पाइन्छ ।
साथै, ग्लोबल आइएमईको बुटवल, बाग्लुङ्ग, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि बोलपत्र फारम भर्न पाउने व्यवस्था रहेको छ । न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी