काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले फागुन ३० गते सोमबार साधारणसभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने भएको छ । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गर्ने भएको छ । तर्सथ फागुन १५ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश र सभामा भाग लिन पाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्