काठमाडौं । आइएमई जनरल इस्न्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०ः४ अनुपातमा ४०% अर्थात ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०% हकप्रद बिक्री गर्न लागेको हो ।
यो हकप्रद बिक्रीपछि भने पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरको लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्