×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फागुन ७ गते हुँदैछ जानकी फाइनान्सको २५औं वार्षिक साधारणसभा, लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिने

काठमाडौं । जानकी फाइनान्सले आफ्नो २५औं वार्षिक साधारणसभा फागुन ७ गते बोलाएको छ । कम्पनीले सभा होटल मानकी इन्टरनेशनल प्राली, शिवचौक जनकपुरमा बिहान १० बजे बोलाएको हो ।
सभाले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभाको लागि कम्पनीले फागुन ६ गते बुक क्लोज गर्नेछ । जस अनुसार फागुन ५ गतेसम्म कायम सेयरधनीले मात्र यो बोनस सुरक्षित गर्न सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: