काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा भोलि शुक्रबार फागुन ६ गते हुने भएको छ । १०.५२% लाभांश पारित गर्न कम्पनीले सो सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाइट पोखरामा बिहान ११ बजे बोलाएको हो । लाभांश वितरण तथा सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ ।
यसले ५% बोनस सेयर र कर प्रयोजनसहित ५.५२% नगद गरी कुल १०.५२% लाभांश दिन लागेको छ। आर्थिक वर्ष २०७६/७७ नाफाबाट कम्पनीले यो लाभांश वितरण गर्न लागेको हो । सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले लाभांश हात पार्नेछन् ।