Skip to content
LAXMI SUNRISE BANK

किसान लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमास : खुद नाफा २१.६३% ले बढ्दा कमायो ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफा २१.६३% ले बढेको छ ।कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २१.६३% ले बढेर ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ पुगेको जनाएको हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी १.७६% ले बढेर १७ करोड ५१ लाख ३२ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ८३.२२% ले बढेर ६ करोड ५४ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ३ करोड ५७ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५७ पैसाले बढेर २३ रुपैयाँ ०४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK