×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२१.०५% लाभांश पारित गर्न लाइफ इन्स्योरेन्स कर्पोरेसनको साधारणसभा बुधबार, अन्य एजेन्डा के-के ? (विवरणसहित)

PRIME CA

२१.०५% लाभांश पारित गर्न लाइफ इन्स्योरेन्स कर्पोरेसनको साधारणसभा बुधबार, अन्य एजेन्डा के-के ? (विवरणसहित)

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को वार्षिक साधारणसभा फागुन ११ गते बुधबार हुने भएको छ । कम्पनीले २१.०५% लाभांश प्रस्तावसहित फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सभा बोलाएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६–७७ को सञ्चित नाफाबाट सेयरधनीलाई २०% बोनस सेयर र कर तिर्न १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ ।
साथै, १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि रहेको छ । सभाका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरेको छ । तसर्थ, माघ २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: