×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइपीओ निष्कासन गर्ने तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा बिहिबार, यस्ता छन् पेस गरिने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइपीओ निष्कासन गर्ने तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा बिहिबार, यस्ता छन् पेस गरिने एजेन्डा

Artha Sarokar

२४ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा बिहिबार (माघ २७ गते) हुने भएको छ । कम्पनीको सभा प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्नेलगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ । महालक्ष्मीले सभामा आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ  ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी